सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बर्दियामा जारी निशेधाज्ञा भदौ ५ सम्म थपियो, व्यापारीहरुको असहमति

बर्दिया ।  जिल्ला प्रशासन कार्यालय बर्दियाले गत एक सातादेखि जारी गरेको निशेधाज्ञा आगामि भदौ ५ गते मध्यरातसम्म यथावत राख्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियामा बसेको बर्दिया जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले जारी निशेधाज्ञा ५ गते सम्म यथावत राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारि गणेश बिक्रम शाहले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बर्दियामा बसेको बैठकमा भने निशेधाज्ञा थप्ने बिषयमा ब्यापारिहरूले भने असहमति जनाएका छन् । ‘ब्यापार बन्द गर्ने निर्णयमा हामी असहमत छौँ  ।’ – व्यापार संघ बढैडातालका अध्यक्ष बालकृष्ण लामिछानेले बताए ।

बर्दिया जिल्लामा पछिल्लो समय बैंक कर्मचारी , प्रहरी र सर्वसाधारणमा सम्म कोरोना संक्रमण पुष्टि भएपछि थप संक्रमणबाट बचाउन प्रशासनले निशेधाज्ञा जारी गरेको जनाएको छ भने यसमा जिल्लाका ८ स्थानीय तहले समेत समर्थन गरेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार १०:०५