सूचनाको शक्ति - The Power Of Information

        

भारत उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन

काठमाडौं । भारत उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन भएको छ । ७२ वर्षीय चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको उनका भाइ पुष्पेन्द्रले पुष्टि गरेका हुन् ।

चौहानको गुरुग्राम मेदान्त अस्पतालमा कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी उपचार हुँदै आएको थियो । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले चौहानलाई शानदार क्रिकेटर र मेहनती राजनेताको रुपमा स्मरण गरेका छन् । चौहानको अन्त्येष्टि भोली हुने जनाइएको छ । पूर्व भारतीय क्रिकेटरसमेत रहेका चौहान सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री थिए । एजेन्सी

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार ०९:५५