काठमाडौं । दुनियाभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड १६ लाखभन्दा बढी पुगेको छ। संक्रमणकै कारण मर्नेको संख्या झण्डै ८ लाख रहेको छ।
जोन होप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म २ लाख १६ लाख १३ हजार १ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो। विश्वभर ७ लाख ७४ हजार २ सय ८८ जना संक्रमितको मृत्यु भइसकेको छ।
संक्रमणका कारण अमेरिका सर्वाधिक प्रभावित छ। त्यहाँ ५४ लाख ३ हजार २ सय १३ जनामा संक्रमण देखिएको छ भने १ लाख ७० हजार ५२ जना संक्रमितको मृत्यु भइसकेको छ।
दोस्रो प्रभावित ब्राजिलमा ३३ लाख ४० हजार १ सय ९७ जना संक्रमित छन्। जसमध्य १ लाख ७ हजार ८ सय ५२ जनाको मृत्यु भएको छ।
संक्रमण दरको हिसाबले भारत र रसिया तेस्रो र चौथो प्रभावित देश हुन् भने मृत्यु दरको हिसाबमा मेक्सिको सूचिको तेस्रो र भारत चौथो स्थानमा छ।
।