सूचनाको शक्ति - The Power Of Information

        

आशीष मालका चार मुक्तक

१.
गर्धनमा धारिलो खुकुरीको जिम्मेवारी तिम्ले बुझेनौं ।
चाहेनौं तिमीले मेरो टाढा हुने रहर तिम्ले बुझेनौं ।।
म माया माया भन्दै गल्ली गल्ली घुम्थे अरे ।
त्यसमा मेरो गल्ती थियो या मजबूरी तिम्ले बुझेनौं ।।

२.
पसिना बेचेर जिन्दगी चलाउँं केहि फरक पर्दैन ।
शिर झुकाएर जिन्दगी चलाउँ केहि फरक पर्दैन ।।
तर ईमान बेचेर महल नबनाउ, बरु झुपडी नै बेस ।
बरु मागेर जिन्दगी चलाउँ, त्यसमा केहि फरक पर्दैन ।।

३.
हातमा हरियो चुरा अनि सारी लगाएर ।
निधारमा रातो टिका अनि सारी लगाएर ।।
कता जान लाग्नु भएको ए बिर्सिजाने मान्छे ।
मेरै नामको मेहन्दी अनि चुरा लगाएर ।।

४.
सुन्दरताले भरिएको मेरो डिलाशैनी क्या राम्रो ठाउँ ।
चारैतिर मठ मन्दिरले छाएको क्या राम्रो ठाउँ ।।
बीचमा चौलानी नदी कलकल बगिरहन्छ एक नासमा ।
एकपटक घुम्न आएनु मेरो डिलाशैनी क्या राम्रो ठाउँ ।।

 

 

ठेगाना : डिलाशैनी गाउँपालिका–६ बैतडी
हाल : दशरथचन्द नगरपालिका–२, सञ्चार चोक देहीमाण्डौं, बैतडी
कार्यरत : रेडियो बैतडी ९५.४ मेगाहर्ज

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतवार ०८:५३