सूचनाको शक्ति - The Power Of Information

        

यी हुन् कोरोना संक्रमित शून्य भएका पाँच जिल्लाहरु

काठमाडौं ।  पछिल्लो चौबिस घण्टामा चारजनाको मृत्यु भएसँगै नेपालमा कोरोना सक्रमणका कारण ज्यान गुमाउनको संख्या ९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार ५२४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौँ उपत्यकामा मात्रै १२७ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका चार जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित छन्।

पर्सा, महोत्तरी रौतहट र काठमाडौँ गरी चार जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको हो ।
त्यसैगरी पाँच जिल्ला कोरोना संक्रमणमुक्त भएका छन्।

नेपालका ७७ जिल्लामध्ये मुस्ताङ, संखुवासभा, मनाङ, डोल्पा र हुम्लामा अहिले एक जना पनि संक्रमित फेला नपरेका मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार १८:१९