सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

एकजना स्वास्थ्यकर्मीसहित बाँकेमा आज थप २२ जना कोरोना संक्रमित थपिए

नेपालगञ्जका १५ र कोहलपुरका ७ जना

बाँके । बाँकेमा बिहीबार २२ जना कोरोना संक्रमित थपिएका छन्।

भेरी अस्पताल, नेपालगञ्जका अनुसार १३ महिला र ७ पुरुषसहित २२ जना संक्रमित थपिएका हुन्। जसमध्ये नेपालगञ्जका १५ र कोहलपुरका ७ जना छन्।

नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस लगायत विभिन्न ठाउँमा लिइएको स्वाबको नतिजा आएको हो। आज कोरोना पुष्टि हुनेमा एकजना नेपालगञ्जका स्वास्थ्यकर्मी पनि छन्।

भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका ८ जनामा पनि कोरोना देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार १८:१२