सूचनाको शक्ति - The Power Of Information

        

यूएईमा दुई नेपालीको हत्या, पहिचान खुलेन

दोहा । यूएईमा शारजाहमा दुई नेपालीको हत्या भएको छ । दुई समूहबीच झगडा भएपछि उनीहरुको हत्या भएको हुनसक्ने यूएई प्रहरीले जनाएको छ । झगडाले उग्ररुप लिएपछि उनीहरुलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको यूएईबाट प्रकाशित हुने गल्फ न्यूजले जनाएको छ ।

मृतकहरुको अनुहार, घाँटी, छाती तथा पेटमा निलडाम रहेको प्रहरीले जनाएको छ । यूएई प्रहरीले हत्या गरिएका नेपाली नागरिक को हुन् भन्नेबारे अहिलेसम्म पहिचान नखुलाए पनि उनीहरुको सांकेतिक नाम जेके २६ र एमआर ३७ रहेको जनाएको छ । शव अहिले पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ । घटना अगस्ट ८ तारिखको दिन भएको प्रहरी जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार ११:४८