सूचनाको शक्ति - The Power Of Information

        

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारसम्म घटिरहेको सुनको मूल्य आज फेरि तोलामा २४ सय रुपैयाले बढेको हो ।

बुधबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २४ सय रुपैयाले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।  त्यसैगरी आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार २ सय ९५ रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार ११:२१