सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

मास्क नलगाउने १११४ जना कारबाहीमा

फाइल तस्वीर

बाँके । बाँकेमा मास्क नलगाएर हिँड्ने एक हजार ११४ जना कारबाहीमा परेका छन् । मास्क नलगाएर हिँड्ने ११४ जनाबाट एक लाख ११ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको बाँकेका प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिएका छन् ।

उनका अनुसार हिजो बुधबारसम्म बाँकेमा मास्क नलगाएर हिँड्ने एक हजार ११४ जनालाई संक्रामक रोग ऐन अन्तरगत कारबाही गरिएको हो । कोरोना संक्रमणको जोखिम बढिरहेका बेला अटेरी गरी मास्क नलगाएर हिँड्नेहरुमाथि कारबाही गरिएको उनले बताए ।

निषेधाज्ञा पालना नगर्ने मोटरसाइकल चालक र मास्कको प्रयोग नगेरर बजारमा हिँड्नेहरूलाई एने बमोजिम कारबाही गरिएको पनि उनले बताए । मास्क नगाएर हिँड्ने व्यक्तिलाई सर्तसहित रु.१०० रुपैयाँ जरिवाना तिराएर छाडिएको उनले बताए ।

निषेधाज्ञा जारी भएको अवस्थामा पनि अटेर गरेर विनाकाम घर बाहिर निस्कने, मोटरसाइकल चलाउने, मास्क नलगाउने, निषेधाज्ञा पालना नगर्ने परिपाटी बढ्न थालेपछि कारवाही गर्नु परेको उनले बताएका छन् ।

‘हालसम्म मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छाड्ने र कतिपयलाई जरिवानासमेत गरिएको छ,’ प्रजिअ कुरुम्बाङ्गले भने ।

समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेपछि जोखिम नियन्त्रणका लागि बाँके प्रशासनले साउन १८ गतेदेखि ३० गतेसम्मका लागि निषेधाज्ञा जारी गर्दै घरमै सुरक्षित बस्न आग्रह गरेको छ । संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले निषेधाज्ञाको समय बढाइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार १०:२४