सूचनाको शक्ति - The Power Of Information

        

विप्लब समूहका नेता तथा कार्यकर्ताहरु धमाधम पक्राउ

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द विप्लब समूहका नेता कार्यकर्ताहरुलाई धमाधाम पक्राउ गर्न थालेको छ ।

रुकुम पश्चिमबाट तीन, सुर्खेत सल्यानबाट दुई दुई दैलेख र डोल्पाबाट एक एक जना पक्राउ गरेको छ ।

यस्तै भेरिगगा नगरपालिका ९ बाट जहरेबाट कर्णबहादुर बिसि र सहवीर महरालाई प्रहरीले पक्राउ गरेको छ । दुबै जना जिल्ला कमिटी सदस्य रहेका छन् ।

उनीहरुको साथबाट विभिन्न दस्ताबेज, निर्माण व्यवसायीलाई आर्थिक सहयागका लागि लेखिएको पत्र लगायत बरामत गरिएको छ ।

रुकुम पश्चिमका जिल्ला सेक्रेटरी हीरामणि रावलसहित विप्लव समूहका चार जना कार्यकर्तालाई आठबीसकोट नगरपालिकाको राडीबजारबाट पक्राउ गरिएको छ ।

रावलसहित विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, समूहका जिल्ला सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पनि पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार ०९:०५