काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको चौथो त्रैमाससम्म आइपुग्दा १६ करोड २२ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो बर्षको तुलनामा ३.४८ प्रतिशतले बढी हो । अघिल्लो बर्ष संस्थाले १५ करोड ६८ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा मेरोको खुद ब्याज आम्दानी ३२.४५ प्रतिशतले बढेर ५० करोड ४७ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष संस्थाले ३८ लाख १० हजार ८६ रुपैया ब्याज आम्दानी गरेको थियो । यता चौथो त्रैमाससम्म सञ्चालन नाफा भने २२.९९ प्रतिशतले घटेर १९ करोड १३ लाख २६ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो बर्ष यस संस्थाले २४ करोड ८४ लाख ५३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । असार मसान्तसम्मा चुक्तापूँजी ८५ करोड ५१ लख ४० हजार रुपैयाँ छ । जगेडा कोषमा ३५ करोड ३३ लाख ५४ हजार रुपैयाँ रहेको छ । प्रति शेयर आम्दानी १८ रुपैयाँ ९८ पैसा छ । प्रतिशेयर नेटवर्थ भने १४१ रुपैयाँ ३२ पैसा रहेको छ ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालयहरुमार्फत १ लाख १५ हजारभन्दा बढी घरपरिवारलाई आर्थिक तथा सामाजिक क्रियाकलापहरुमा सहयोग गर्ने उद्देश्यले लघुवित्त सेवा प्रदान गरिरहेको छ ।
।