सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा थपिए २३ जना कोरोना संक्रमित

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २३ जना कोरोना संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका मध्ये सुर्खेतका ११ महिलासहित १८ जना, दैलेखका ४ जना र एकजना सल्यानका रहेका छन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २०३४ पुगेको छ ।

यस्तै, कर्णालीमा बुधबार ३ जना डिस्चार्ज भएका छन् । डिस्जार्ज हुनेको संख्या १८९४ पुगेको छ । प्रदेशमा ६ जनाको मृत्यु भइसकेको छ भने १३४ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १५:४५