सूचनाको शक्ति - The Power Of Information

        

राप्रपामा सुझाव प्रतिवेदन पेश गर्न समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकीकरणसम्बन्धि आधारपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन गर्न ६ सदस्यीय सुझाव समिति गठन गरेको छ ।

बुधबर बसेको सो पार्टीका अध्यक्षत्रयको बैठकले पार्टी एकिकरण सम्बन्धि आधारपत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप ब्याख्याका लागि सुझाव प्रतिवेदन पेश गर्न समिति गठन गरेको सो पार्टीका केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्रा र धुर्ववहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समितिलाई सुझाव प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको छ । समितिमा दिपक बोहोरा,बुद्धिमान तामाङ्ग, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना रहेका छन् ।

२०७६ साल फागुन २४ एकताको १० बुँदे आधारपत्रमा तीन अयक्षले हस्ताक्षर गरेका थिए । त्यसपछि फागुन २९ गते एकता घोषणा भएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १५:४१