सूचनाको शक्ति - The Power Of Information

        

बन्दनाको तिज गीत ‘छम छम बजाउँदै चुरा’

काठमाडौं । गायिका देविका बन्दनाको आवाज रहेको तिज गीत ‘छम छम बजाउँदै चुरा’को भिडियो सार्वजनिक भएको छ । दर्जनौ लोकप्रिय गीत गाएकी गायिका बन्दनाको यो दोस्रो तिज गीत हो ।

तिजको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल, मोडल सुजना बर्देवा, सोनी काररञ्जित र इन्ता श्रेष्ठ लगायतका कलाकारको फिचर्ड छन् । सञ्चारकर्मी सूर्य चन्दले निर्देशन गरेको गीतको भिडियोमा शोभा केसीको शब्द, सम्राट थापाको संगीत र एरेन्ज रहेको छ । शिव विकले कोरियोग्राफी गरेको भिडियोमा अजय रेग्मीको छायांकन तथा पदम सुवेदीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार ११:२६