सूचनाको शक्ति - The Power Of Information

        

एम्बुलेन्समै कोरोना संक्रमितको मृत्यु

सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमितको एक्बुलेन्सभित्रै मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ घर भई राजविराज–६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मंगलबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

चार दिनअघि उनलाई ज्वरो आएको थियो । ज्वरो आएका कारण उनको स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृतक बृद्ध मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार ११:२२