सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट जनकपुरधामका पूर्व मेयर गिरीको मृत्यु

जनकपुर । जनकपुरधामका पूर्व मेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

उनको मंगलबार राति मृत्यु भएको उनका छोरा डा.सन्तोष गिरीले जानकारी दिएका छन् । कोरोना पुष्टि भएपछि गिरी काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए । गिरी २०४२ सालमा जनकपुरको मेयरमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १०:१८