सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बुटवलको कोरोना अस्पतालमा दुई जनाको मृत्यु, एक संक्रमित, अर्कोको रिपोर्ट आउन बाँकी

रुपन्देही । कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने अर्का व्यक्तिको पीसीआर रिपोर्ट आउन बाँकी छ।

कोरोना भाइरसको लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।

मृत्यु हुनेमध्ये एकजना कपिलवस्तु तौलिहवाका हुन् भने अर्का व्यक्ति कृष्णननगरका हुन्। कोरोनाको लक्षण देखिएर २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा सोही दिन नै पिसीआर परिक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।

सोही दिनदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी थियो। मंगलबार राती स्वास्थ्यमा थप समस्या देखिएर उनको मृत्यु भएको अस्पतालले जनाएको छ।अर्का कपिलवस्तुकै २५ वर्षिय युवा हिजो मंगलबार उपचारका लागि अस्पताल आएका थिए।

उनको स्वाब संकलन गरी कोभिड–१९ परिक्षणका लागि पठाइएको छ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार ०८:५४