सूचनाको शक्ति - The Power Of Information

        

फ्रान्समा कोरोना संक्रमणको खतरा बढ्यो, २४ घण्टामा १४ जनाको मृत्यु

काठमाडौं । फ्रान्समा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि महामारी फैलन सक्ने भन्दै थप सावधानी अपनाउन फ्रान्स सरकारले सर्वसाधारणलाई अपील गरेको छ ।

फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सले पत्रकार सम्मेलन मार्फत कोरोनाको मामिलामा देश गलत दिशातर्फ उन्मुख भएको भन्दै सचेतना नअपनाए फ्रान्स थप संकटमा पर्ने निश्चित भएको प्रतिक्रिया दिनुभएको छ ।

साथै उहाँले सभा सम्मेलनमा ५ हजार भन्दा बढी मानिस भेला हुन नपाइने नियमको समयसीमा आगामी अक्टोबर सम्मको लागी बढाईएको जानकारी दिनुभयो ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयले फ्रान्समा पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु हुनुका साथै एकै दिन १३ सय ९७ जना संक्रमित थपिएको तथ्यांङक सार्वजनिक गरेपछि प्रधानमन्त्री कास्टेक्सले सर्वसाधारणलाई अनाबश्यक रुपमा घरबाहिर ननिस्कन र अनिवार्य रुपमा मास्क लगाृउन अपील गर्नुभएको छ ।

फ्रान्समा हरेक दिन २५ जना नयाँ संक्रमित थपिंदै गएका छन् भने दिनमा कम्तीमा पनि ५ जनाको कोरोनाका कारण मृत्यु हुने गरेको छ ।

फ्रान्समा कोरोनाका कारण हालसम्म ३० हजार बढीको मृत्यु भइसकेको छ भने २ लाख ४ हजार भन्दा बढी संक्रमित रहेका छन् । (एजेन्सी)

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार ०८:०६