कञ्चनपुर । कञ्चनपुरमा क्वारेन्टिनमा बसेकी महिलाको करेन्ट लागेर मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ महाकाली माध्यमिक विद्यालयमा बसेकी २२ वर्षीया राधा वडको करेन्ट लागरे मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ती महिलालाई नुहाउने क्रममा करेन्ट लागेको थियो । करेण्ट लागेर घाइते भएकी वडको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक धामीले बताए । ती महिला मंगलबारमात्रै भारतको बैंङलोरबाट श्रीमानसँगै कञ्चनपुर फर्केर क्वारेन्टिनमा बसेकी थिइन् ।
सत्यपाटी ।