सूचनाको शक्ति - The Power Of Information

        

मलेसियामा नेपाली पिट्ने सुरक्षा गार्डलाई जेल सजाय

क्वालालम्पुर । मलेसियामा नेपालीलाई पिट्ने नेपाली सुरक्षा गार्डलाई चार महिनाको जेल सजाय तोकिएको छ । क्वालालम्पुरस्थित मजिस्ट्रेट अदालतले मंगलबार नेपालीलाई नै पिट्ने नेपाली सुरक्षा गार्डलाई चार महिनाको जेल सजाय तोकेको मलेसियन सञ्चारमात्र्यम मलेसियाकिनीले जनाएको छ ।

दुई साताअघि उनलाई पिटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । मजिस्ट्रेट वाङ चाइ सियाले नेपालीलाई पिट्ने ३४ वर्षीय राम गोपाल मुराउलाई दोषी ठहर गर्दै जेल सजाय तोकेका हुन् । उनलाई ३ अगस्तमा नियन्त्रणमा लिइएको थियो । उनलाई नियन्त्रणमा लिएको दिनदेखि नै उनको जेल सजायको अवधि लागु हुने जनाइएको छ ।

रामगोपालले तामन मेलाती सपिङ कम्लेक्सको पार्किङ क्षेत्रमा ७ जुलाईमा २६ वर्षीय इस्लाम हुसेनलाई काठको लठ्ठीले पिटेको थियो । उनलाई मलेसियाको अपराध संहिताको सेक्सन ३२४ बमोजिम जेल सजाय तोकिएको हो । यस सेक्सनअन्तर्गत अधिकतम १० वर्ष जेल अथवा जरिवाना अथवा दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १८:१०