सूचनाको शक्ति - The Power Of Information

        

अर्को सूचना नभएसम्म यी क्षेत्र नखुल्ने

फाइल तस्वीर

काठमाडौं । सरकारले शैक्षिक संस्थादेखि सिनेमा हलसम्म अर्को सूचना नभएसम्मका लागि बन्द रहने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै सूचनामन्त्री डा.युवराज खतिवडाले अर्को सूचना नभएसम्मका लागि शैक्षिक संस्था, प्रदर्शन, मेला, भेला, सिनेमा हल, स्वीमिङ पूललगायत बन्द नै रहने बताए ।

त्यस्तै भर्ना तथा लामो दूरीका यातायात भदौ १६ गतेसम्म बन्द रहने छन् भने बैंक, वित्तीय संस्थामा आधामात्रै कर्मचारी बोलाएर काममा लगाउन सरकारले निर्देशन दिएको छ । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै मन्त्री खतिवडाले भने, ‘बैंक, वित्तीय संस्था तथा अन्य कार्यालयहरुमा वर्क फ्रम होमको व्यवस्था गर्ने निर्णय गरेका छौं ।’

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १८:०६