सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना संक्रमितको संख्या २४ हजार नजिक

बाँके । भेरी अस्पताल परिक्षणमा आज एकै दिन ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जाँच गरिएको ४८० नमुनामा ५९ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । तीमध्ये बाँकेका मात्रै २६ जना छन् ।

नेपालगन्ज मेडिकल कलेजबाट संकलित नमुनामा ५ जना, भेरी अस्पतालमा संकलन गरिएको नमुनामा २१ जना र राप्तीसोनारीका १ जनामा कोरोना पुष्टि भएको छ । भेरीबाट संकलित स्वाबमा पोजिटिभ देखिएका अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

नेपालगन्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएकामध्ये एक जना आइतबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्युु भएका अछामका ५० वर्षीय पुरुष हुन् । बाँकेमा अब कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ ।

बाँकेमा हालसम्म ४०५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ । बाँकेका २६ जनासहित मंगलबार देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपत्यकामा मात्रै १३४ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल देशभर ७ हजार २०१ सक्रिय संक्रमित छन् भने कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुगेको छ भने देशभर सात हजार २०१ सक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले बताएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १७:५७