सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोनाको भ्याक्सिन सफल भएको रुसको घोषणा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले कोरोना भाइरस (कोभिड–१९)को पहिलो र सफल भ्याक्सिन बनाएको घोषणा गरेका छन् । उक्त भ्याक्सिन आफ्नी छोरीलाई समेत लगाइसकेको उनको दाबी छ ।

उक्त भ्याक्सिनलाई रुसी स्वास्थ्य मन्त्रालयले मंगलवार मञ्जुरी दिएको छ । रुसी मिडियाहरूका अनुसार यो भ्याक्सिन मस्कोस्थित गामेल्या इन्स्टिच्युटले विकास गरेको हो । राष्ट्रपति पुटिनले छिट्टै ठूलो परिमाणमा यसको उत्पादन थाल्ने घोषणा पनि गरेका छन् ।

आफ्नी छोरीलाई कोरोना भाइरसको संक्रमण भएको र यो भ्याक्सिन दिएपछि ठीक भएको दाबी पुटिनले गरेका छन् । ‘मेरी छोरीलाई पनि कोरोना भाइरस संक्रमण भएको थियो, उनलाई हामीले यो नयाँ भ्याक्सिन दियौं, केही समयका लागि तापक्रम बढ्यो तर अहिले उनी बिलकुल ठीक छिन्,’ पुटिनले भनेका छन् ।

विश्वभर अहिले कोरोनाको भ्याक्सिन बनाउने काम चलिरहेको छ । डब्लूएचओका अनुसार १०० भन्दा बढी भ्याक्सिनमा काम चलिरहेको छ । रुसले बनाएको भ्याक्सिनलाई डब्लूएचओले मान्यता भने दिइसकेको छैन । यदि रुसले दाबी गरेजस्तै यो भ्याक्सिन सफल भएमा दुनियाँका लागि निकै ठूलो उपलब्धि हुनेछ । एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १६:४५