सूचनाको शक्ति - The Power Of Information

        

उपमहानगर क्षेत्रमा गरिएको ‘शिल’ भोलीदेखि हटाइँदै

बाँके । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा गरिएको ‘शिल’ भोलीदेखि हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले गत शनिबार राती १२ बजेदेखि आज राती १२ बजेसम्मका लागि उपमहानगरपालिका क्षेत्रमा गरिएको ‘शिल’ हटाइने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए ।

नेपालगन्ज उपमहानगर क्षेत्रको अतिजोखिमयुक्त क्षेत्र पहिचान गरी कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी स्वाब संकलन र परीक्षणको दायरा बढाउन उपमहानगरपालिका क्षेत्रलाई ‘शिल’ गरिएको थियो । गत शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले नेपालगन्जको गणेशमान चोक, चारबाहिनी क्षेत्र, बाँके गाउँ, रिङरोड, नहरपुरवा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्र शिल गरेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १६:३४