सूचनाको शक्ति - The Power Of Information

        

डोटीमा मध्यराति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु, पाँच घाइते

डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाँझककनीमा मध्यराति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। घटनामा पाँच जना घाइते भएका छन्।

गएराति एक बजे स्थानीय लोगे लुहार (विक) को घर भत्किँदा उनकी पत्नी ३५ वर्षीया विष्ना विक, ११ वर्षीय छोरा पारस, छोरीहरु सात वर्षीय सिरु र चार वर्षीया जेनिसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी इन्द्रबहादुर मल्लले जानकारी दिए।

घटनामा पाँच जना घाइते भएका छन्। घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। भत्किएको घरले च्यापिएर एउटा गाई, एक होल गोरु र दुईवटा बाख्रा पनि मरेका छन्।

उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको एसपी मल्लले जानकारी दिए।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार ०८:१६