सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा दुई चिकित्सकसहित थप २० जनामा कोरोना संक्रमण पुष्टि

३४० को नमुना परीक्षण गर्दा २० जनामा पुष्टि

काठमाडौं । बाँकेमा दुई चिकित्सकसहित थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालाले सोमबार (आज)  विज्ञप्ति जारी गर्दै नेपालगन्ज मेडिकल कलेजका थप दुई चिकित्ससहित बाँकेमा १५ जना, दाङका एकजना, कैलालीका दुईजना, बर्दियाका एकजना र सल्यानका एकजना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।  ३४० जनाको नमुना परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त प्रयोगशालामा हालसम्म २५ हजार २ सय नमुना परीक्षण गरिएकामा एक हजार १०५ जनामा कोरोना पुष्टि भएको छ ।

Image may contain: text that says 'भेरी अस्पताल, नेपालगंज प्रयोगशालामा हिजो साँझ नयाँ पहिचान भएका ६,२०७७, सोमबार संकलन AGE S.NO ADDRESS संक्रमित मध्यान्ह१२:००बज REMARKS KAILALI नेपालगंज मेडिकल कलेजबाट सकालंत संकलितनमु चिकित्सक PALGUNJ-BANKE NEPALGUNJ-05,BANKE E प्रहरी कार्यालय, नेपालगंजबाट संकलितनमु AE FIEBE बाँके १५ NEPALGUNJ-12,BANKE DUDUWA-06,BANKE DUDUWA-02,BANKE DUDUWA-05,BANKE 02,SALYAN सल्यान-१ हालसम्म नमुना संख्या हालसम्म परीक्षण हालसम्म संक्रमण पुष्टि भएका संख्या हिजो साँझदेखि सम्पन्न परिक्षण पत्ता लागेका संक्रमित KUMAKH-06,SALYAN २६०.० २५२०० ११०५ ३४० २०'

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार १३:३६