बाँके । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ९५ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ९५ लाख ७१ हजार ४ सय ४३ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४९ लाख ९७ हजार ३ सय ६९ पुगेको छ। त्यस्तै ब्राजिलमा २९ लाख ६२ हजार ४ सय ४२, भारतमा २० लाख ८८ हजार ६ सय ११ र रुसमा ८ लाख ८० हजार ५ सय ६३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख २४ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ७ लाख २४ हजार ५ सय ९० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ६२ हजार ३ सय ९५, ब्राजिलमा ९९ हजार ५ सय ७२, बेलायतमा ४६ हजार ६ सय ५१ , मेक्सीकोमा ५२ हजार ६ , इटालीमा ३५ हजार २ सय ३ जनाको मृत्यु भएको छ। विश्वभर एक करोड १८ लाख ७६ हजार ३ सय ८७ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २३ लाख २१ हजार ५ सय ३७ , अमेरिकामा १६ लाख ४३ हजार १ सय १८, रुसमा ६ लाख ८८ हजार ८ सय ५६ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २२ हजार ५ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १६ हजार ३ सय १३ जना संक्रमणमुक्त भएका छन् भने ७३ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या २० लाख ८८ हजार ६ सय ११ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४२ हजार ५ सय १८ पुगेको छ। भारतमा हालसम्म १४ लाख २७ हजार ५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ८३ हजार ४ सय ८७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ६८ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ५९ हजार ६ सय ४ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय ४१ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ५ सय ७६ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार १ सय १३ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ४६ हजार ६ सय ४ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार ५४ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय १२ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ९ सय ६० उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या १०८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ९६ छ। माल्दिभ्समा संक्रमितको संख्या ४ हजार ८ सय ९८ रहेको छ। मृत्यु हुनेको संख्या १९ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ७ सय ९१ पुगेको छ।
।