सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयमा आजदेखि यी सेवा बन्द

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएकाले यसको नियन्त्रणमा सहयोग पुर्‍याउन उद्देश्यले काठमाडौंसहित उपत्यकका तीन जिल्ला प्रशासन कार्यालयले आज (आइतबार) देखि १६ दिनसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गराएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले गरेको निर्णयअनुसार आजदेखि आगामी भदौ ८ गते सम्मका लागि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता नवीरकण, संस्था/पत्रपत्रिका दर्ता तथा नवीरकण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरणलगायतका अत्यावश्यक नभएका सबै सेवा बन्द गरेका हुन्।

विस्तृत जानकारीका लागि तलका विज्ञप्ति हेर्नुहाेस्-

ktttt

ktt1

bhhha

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतवार ०८:०३