सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

साइनो (कोरोना विशेष)

१.
माक्स लगाई राखौं
हरघडी हरपल
गर्नसक्छ कोरोना छल !

२.
चलायमान बनौ
मलाई पुग्छ नभनौँ
बरु करेसा बारीखनौँ !

३.
दुरी अनि सफाई
भाइरस वाईवाई
टाढैबाट हलो र हाई !

४.
खेलाची बन्द गरौँ
आफ्नै लागि हो डरौँ
सचेत बनि अघि बढौँ !

५.
पिऔँ झोलिलो तातो
यही छ असल बाटो
कोरोनाको भगाऊँ सातो !

६.
नगरौं चुरीफुरी
बनाएर हिँडौं दुरी
ननिस्कौँ नभै मजवुरी !

७.
बढ्यो भने बहाव
सबथोक छ अभाव
त्यसैले बदलौँ स्वभाव !

 

नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार ०८:०४