बाँके । बाँकेमा आज १६ जनामा थप संक्रमण देखिएपछि कोरोना संक्रमितको संख्या ४९८ पुगेको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालाको जानकारी अनुसार आज मात्रै संक्रमण पुष्टि भएकामध्ये ४२ जनामध्ये बाँकेमा २८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
जसअनुसार नेपालगन्ज उपमहानगरपालिका २५ जना र खजुराका तीन जना गरी २८ जनामा संक्रमण देखिएको हो । त्यस्तै आजै भेरी अस्पतालको प्रयोगशालामा देखिएका ४२ मध्ये अन्य १४ जना बर्दिया र कैलालीका रहेका छन् जसमध्ये १३ जना बर्दिया र एक जना कैलालीका रहेको जनाइएको छ ।
निषेधाज्ञा तोड्ने २५ जना क्वारेन्टिनमा
बाँकेमा निषेधाज्ञा तोड्ने २५ जनालाई बाँके प्रहरीले पक्राउ गरेर क्वारेन्टिनमा राखिएको छ । निषेधाज्ञा तोडेर पसल खोल्ने र मास्क नलगाएर हिड्नेलाई नगरका विभिन्न ठाउँबाट पक्राउ गरिएका २५ जनालाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
प्रजिअ कुरुम्वाङका निषेधाज्ञा तोड्नेलाई पक्राउ गरेका कारबाही स्वरुप क्वारेन्टिनमा राखिएको छ । बाँकेमा समुदायस्तरमै कोरोना संक्रमण फैलिदै गएपछि स्थानीय प्रशासनले आइतबारदेखि शनिवार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । यो अवधिमा अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न आग्रह गरिएको छ ।
सत्यपाटी ।