सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । उपकुलपतिले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कार्यकारी परिषद बैठकबाट नियम विपरित सल्लाहकार नियुक्ति गरेको समाचार सञ्चारमाध्यममा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले मुद्दा दर्ता गरेर कार्वाही प्रक्रिया अगाडि बढाएको छ ।
अख्तियारले सत्यपाटीलाई आधार बनाएर मुद्दा दर्ता गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३९ बमोजिम विश्वविद्यालयलाई आर्थिक भार पर्ने गरि पदाधिकारी, शिक्षक तथा कर्मचारी नियुक्ति गर्दा अर्थमन्त्रालयको स्वीकृत लिनुपर्ने स्पष्ट व्यवस्था छ । तर विश्वविद्यालयको कार्यकारी परिषदले नियम विपरित हरि चन्दलाई उपकुलपतिको सल्लाहकार नियुक्ति गरेको हो ।
चन्दलाई विश्वविद्यालयको कार्यकारी परिषद् बैठकको निर्णयबाट प्रथम श्रेणीसरहको सुविधा हुने गरी उक्त जिम्मेवारीमा नियुक्त गरिएको थियो । यसअघि मप विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा पदमलाल देवकोटाले तीन जनालाई सल्लाहकाररुपमा गरिएको नियुक्त विश्वविद्यालयको ऐन विपरित भएको भन्दै अख्तियारमा उजुरी परेपछि खारेज भएको थियो ।
यो पनि…
ऐन विपरित सल्लाहकार नियुक्तिपछि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति विवादमा
सत्यपाटी ।