सूचनाको शक्ति - The Power Of Information

        

सलहको ‘वल्र्ड टुर’ ! चीनको युनान प्रान्त पुग्यो

कुनमिङ (चीन) । मनसुनमा सुधार आएर मौसम खुला भएसँगै सलहको झुण्डको ‘यात्रा’ पुनः शुरु भएको छ । पछिल्लो केही दिनयता चीनको दक्षिण पश्चिम युनान प्रान्तमा देखिएको सलहको झुण्डले आइतबारसम्ममा करीब १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनामा क्षति पुर्याएको छ ।

समाचार संस्था सिन्ह्वाका अनुसार मौसम सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तीव्र गतिमा सक्रिय भएको जनाएको छ । कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका ९ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् । स्थानीय अधिकारीहरुले सलह फैलिन नदिन ड्रोनमार्फत विषादी छर्कने क्रम जारी रहेको छ ।

यहाँ गत जुन २८ मा पहिलोपटक सलह देखिएको थियो । सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन् । विज्ञहरुको भनाइमा चीनमा सलह प्रवेशको क्रम विस्तारै घट्न थालेको छ । तर, सलहको संख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिन भएको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १८:१५