सूचनाको शक्ति - The Power Of Information

        

कारागारका थुनुवा र प्रहरीमा पनि देखियो कोरोना

बाँके । बाँकेको नेपालगन्ज कारागारमा पनि कोरोना संक्रमण देखिएको छ । त्यहाँ रहेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कतै यात्रा गरेको नदेखिएका ७ जना कैदी र ६ जना प्रहरी गरी १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार सबैको साउन १८ गते कारागार कार्यालयमा प्रहरी र थुनुवा गरी २५ सहित ३२ जनाको स्वाबको नमूना परीक्षण गरिएको थियो । तीमध्ये १३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रहरीमध्ये एक जना वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत रहेका छन् । पोजेटिभ देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । संक्रमित सबैलाई कृषि तालिम केन्द्र खजुरामा राखिने भएको छ । पछिल्लो समय बाँकेमा कोरोना समुदाय तहमा फैलिएको भन्नै नियन्त्रणका लागि शनिबारसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १८:०६