सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालगन्जका जनप्रतिनिधि र कर्मचारी कोरोना संक्रमित

बाँके । नेपालगन्ज उपमहानगरपालिकाका एक जना जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज वडा नं. १ निवासी ४७ बर्षिय जनप्रतिनिधि र उपमहानगरकै प्रशासन शाखामा कार्यरत ५९ बर्षिय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनप्रतिनिधिमा ज्वरो, रुखाखोकी, श्वासप्रश्वास सम्वन्धि लक्षण देखिएको र कर्मचारीमा भने कुनै लक्षण नदेखिएको बताए । दुवै जनालाई खजुरा क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ । पछिल्लो २४ घण्टामा १९५ जनाको पिसिआर परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । अरु संक्रमित सबै पूर्वी रुकुमका हुन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार १०:१३