सूचनाको शक्ति - The Power Of Information

        

पूर्वक्याम्पस प्रमुख राजितराम पाठकको निधन

बाँके । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जका पूर्व प्रमुख राजितराम पाठकको निधन भएको छ । आज बिहान लखनउमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केही वर्षदेखि गम्भीर अस्वस्थ रहँदै आएका पाठकको बीचमा स्वस्थ सुधार भए पनि एक्कासी समस्या आएपछि उपचारका लागि लखनउ लगिएको थियो । उपचारकै क्रममा शनिवार विहान निधन भएको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार १२:१६