सूचनाको शक्ति - The Power Of Information

        

सांसद र चिकित्सकसहित ६४ जनालाई कोरोना

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।

सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । सांसद यादवका अंगरक्षक र चालकमा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा एक जना चिकित्सक पनि छन् । उनले आफूलाई कोरोना संक्रमण भएको आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका छन् ।

शुक्रबार राति सांसद यादवले लेखेका छन्, ‘पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसोलेट गरेर आराममा छु ।’

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार ०८:५५