सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा ३११ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ गते निधन भएका बझाङको बुंगल–३ का ६५ वर्षिय पुरुषमा मंगलबार संक्रमण पुष्टि भएको हो । ती पुरुष गत असार २४ गते भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए ।

उनलाई दमको समस्या रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका ३, मोरङका १७, ओखलढुङ्गाका १, सप्तरीका १५, धनुषाका ८, महोत्तरीका ८, बाराका १, इलामका १, पर्साका १४, भक्तपुरका १, कपिलवस्तुका ३४, काठमाडौँका ४८, नुवाकोटका १, सिन्धुपाल्चोकका ४, दाङका १, गोर्खाका १, ललितपुरका र ४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै रामेछापका १, धनुषाका १, सर्लाहीका १, कास्कीका २, लमजुङका २, स्याङजाका १८, बाराका ४, रौतहटका १, मकवानपुरका १, दाङका ५, बाँकेका ३, नवलपरासीका ७, रुपन्देहीका २, सुर्खेतका ३, दैलेखका १, बझाङका ३, डोटीका ५८, अछामका १६, दार्चुलाका १, कैलालीका १८ तथा कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १२१ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १३ हजार ८७५ पुगेको छ । यस्तै मंगलबार देशभर ५ हजार ३२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर १५ हजार ३३१ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार १८:२०