सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

प्रहरी हेडक्वार्टरमै २७ जना कोरोना संक्रमित

काठमाडौं । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २७ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ । एक सातायता गरिएको परीक्षणमा ती प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नक्साल स्रोतका अनुसार संक्रमित सबैजनालाई प्रहरी अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरुलाई थप उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकु र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमध्ये एकमा पठाउने तयारी गरिएको छ ।

संक्रमित २७ जना प्रहरीको सम्पर्कमा आएका अन्य ३६ जना प्रहरीलाई सामाखुसीस्थित क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पनि पिसिआर परीक्षणसहितका स्वास्थ्य जाँच प्रक्रिया अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार १६:२५