सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमा खेलबाड

सावधान नेपालगन्ज ! समुदायमा कोरोना फैलिन थालेपछि जोखिम

बाँके । लक्षण भएका संक्रमित देखिन थालेपछि नेपालगन्जमा कोरोना भाइरस (कोभिड–१९)का कारण सर्वसाधारणको स्वास्थ्य जोखिममा हुनसक्ने प्रक्षेपण गरिएको छ । बाँके, बिराटनगर, पर्सा, सप्तरी, बारालगायत तराईका जिल्लामा लक्षण देखिएका संक्रमित फेला पर्नु जोखिमयुक्त अवस्था रहेको चिकित्सकहरू बताउँछन् ।

नेपाल–भारत सीमा नजिक रहेका यी दुई जिल्लामा समुदायस्तरमा कोरोना फैलिन थालेपछि यहाँका आमनागरिक त्रसित बनेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले आफ्नो फेसबुकमा स्टाटस लेख्दै बन्दाबन्दीपछि बाँकेमा समुदायमै पोजेटिभ केस बढिरहेको र बाँकेसँगै बर्दियाबासी अहिलेसम्मकै उच्च जोखिममा रहेको बताएका छन् ।

नेपालगन्जमा कोरोना समुदायस्तरमा फैलिइसकेको छ । धेरै चाप हुने सरकारी कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि समुदायस्तरमै कोरोना भाइरस फैलिएको पुष्टि हुन्छ । समुदायस्तरमा कोरोना फैलिन थालेपछि प्रजिअ कुरुम्वाङले कोरोना संक्रमण समुदायमा फैलिएकाले यसबाट बच्न र बचाउन भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

उनको फेसबुक स्टाटसमा प्रतिक्रिया जनाउँदै स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले भारत लगायत अन्य देश र जिल्लाबाट बाँके भित्रिने जोकोहीलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टिनमा राख्नुपर्छ । पछिल्लो समय बाँकेका क्वारेन्टिनमा मानिस राख्न छोडिएको छ । समुदायस्तरमा कोरोना फैलिन नदिन बाँकेका स्थानीय तहहरुले बेवास्ता गरिरहेका छन् ।

भारतबाट वा जिल्ला बाहिरबाट आउने नगारिक क्वारेन्टिनमा नबसी सोझै घर जाने र सहजै गाउँघरमा घुमफिर गर्दै आएकाले बाँकेका साथै देशभरका जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको कोरोना फोकल पर्शन श्रेष्ठ बताउँछन् । कोरोनाको जोखिममा रहेका मानिसलाई क्वारेन्टिनमा राख्न छोडेपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ ।

सरकारको तयारीले मात्र नहुने भन्दै जानकारहरूले आमनागरिक आफैं सुरक्षित हुन आवश्यक रहेको जनाएका छन् । कोरोनाले सोमबार एकै दिनमात्र तीन जनाको मृत्यु भएको नयाँ रेकर्ड देखाएको छ । यो, दुखदायी र जोखिमयुक्त विवरण रहेको बताइन्छ । देशभर यसरी संक्रमितको संख्या ह्वात्त बढिरहँदा उपचार र परिक्षणको अवस्था भने कमजोर रहेको छ ।

सरकारले उचित तहमा परिक्षण गरेको दाबी गरे पनि नेपालको स्वास्थ्योपचारको अवस्था र क्षमता त्यो तहमा नरहेको अनुमान गरिन्छ । राजधानी काठमाडौंको तुलनामा नेपालगन्ज झनै कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । खासगरी त्रिभूवन चौकमा मिठाई पसलेमा नै कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रमा सन्त्रास फैलिएको छ ।

अहिले नेपालगन्जका सरकारी कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिन थालेपछि बाँके जिल्ला कोरोना संक्रमणको जोखिम उच्च छ । बाँकेका सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले लापरवाही गरे नेपालगन्जको अवस्था पनि भयानक दुखदायी हुनसक्ने चेतावनी दिँदै सुरक्षित रहनका लागि अपिल गरिरहेका छन् ।

खासगरी लकडाउन खुलेपछि बाँके कोरोना भाइरस संक्रमणको उच्च जोखिममा देखिएको छ । यतिबेला बाँकेमा कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि जोखिम बढेको छ । लकडाउन हटिसकेको र वैदेशिक रोजगारीका क्रममा भारत लगायत अन्य मुलुकबाट घर फर्किने नागरिकलाई स्थानीय तहहरुले क्वारेन्टिनमा राख्न छोडेपछि जोखिम बढेको हो ।

सरकारले लकडाउन फिर्ता लिएसँगै बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका बजारहरुमा नागरिकको भीडभाड बढेको छ । सवारी साधन निर्धक्क चलेका छन् । नागरिक सामाजिक दूरी कायमविनै खरिद विक्रीको कारोबार गरिरहेका छन् । बैंक तथा वित्तिय संस्थामा आम नागरिकको भीडभाड छ ।

यसले पनि विगतको तुलनमा अहिले कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ । कोरोना नियन्त्रणका लागि पहल नगरिए आमनागरिकको स्वास्थ्य संकटमा पर्ने देखिएको छ । सरकारले लकडाउन खुला बनाउँदा समुदायस्तरमा कोरोना फैलिएकोले यसको नियन्त्रणका लागि स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले ठोस निर्णय लिई अघि बढ्नुपर्ने नागरिकहरु बताउँछन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार १०:१०