सूचनाको शक्ति - The Power Of Information

        

यातायातका कर्मचारीमा पनि देखियो कोरोना

बाँके । नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालयका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कार्यालयको सवारी शाखामा कार्यरत एक जना २२ बर्षिया महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

सेवाग्राहीको अध्यधिक चाप हुने यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयले तत्कालका लागि सबै काम बन्द गरेको छ । यद्यपी कार्यालय कति दिनसम्म बन्द गर्ने भन्नेबारे निर्णय भइनसकेको र त्यसका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको कार्यालयका अधिकृत पुर्ण खत्रीले जानकारी दिए ।

ती महिलासँग कति कर्मचारी र सेवाग्राही सम्पर्कमा रहेका थिए भन्ने एकीन छैन । प्रत्यक्ष सम्पर्कमा रहेका सेवाग्राहीहरु पनि कहाँ र कुन जिल्लाका थिए भन्ने जानकारी लिन कठीन हुने देखिएको छ । बाँकेमा लकडाउन खुलेपछि दैनिकजसो कोरोना संक्रमित फेला परिरहेका छन् । पछिल्लो दिनमा भेटिएका संक्रमित क्वारेन्टिनमा नबसेका र समुदायमै संक्रमित देखिएका हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतवार १४:१७