सूचनाको शक्ति - The Power Of Information

        

भीरबाट लडेर महिलाको मृत्यु

बझाङ । बझाङ एक महिलाको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१ भण्डारकी २६ वर्षीया सर्मिला विष्टको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।

आइतबार विहान ७ बजे साथीहरुसँग घाँस काट्न भनेर घरबाट निस्किएको एक घन्टापछि उनी सडकमाथिको भीरबाट लडेर सडकको भित्तामा खसेर गम्भीर घाइते भएकी थिएन् । गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेततर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले बताए ।

अप्ठ्यारो भीरमा घाँस काटिरहेको अवस्थामा विष्ट चिप्लिएर खसेको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेर गम्भीर घाइते भएपछि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बमले बताए । जिल्लाका विभिन्न ठाउँमा बर्सेनि घाँस काट्ने क्रममा भीरबाट लडेर धेरैले ज्यान गुमाउने गरेका छन् । केहि बर्ष अघिमात्रै सोही घरकी एक महिलाको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतवार १३:०२