सूचनाको शक्ति - The Power Of Information

        

तीज गीत ‘नरोन ए न्याउली चरी’ युट्युवमा

बाँके । गायिका पारु खड्का गायक राजु परियारको स्वर रहेको तीज गीत युट्युवमार्फत सार्वजनीक भएको छ । चर्चित गायिका खड्का र परियारको स्वर रहेको ‘नरोन ए न्याउली चरी’ बोलको तीज गीत युट्युवमार्फत बजारमा आएको हो ।

कल्पित मिनु कार्कीको शब्द रहेको गीतमा विष्णु विसीको लय रहेको छ भने नारायण दंगालले एरेन्ज गरेका छन् । एसबीएस म्यूजिक प्रालिले युट्युवमार्फत बजारमा ल्याएको उक्त म्युजिक भिडियोमा विमल अधिकारी, सारिका केसी, दुर्गा केसी, असिना पोखरेल, आशा जिसी, नयन बरालको अभिनय रहेको छ ।

भिडियोमा विष्णु विसीले निर्देशन गरेका छन् भने छायांकन सागर गौतमले गरेका छन् । दिपक बिष्टको सम्पादनमा ओम शिव फिल्मसले दृष्य निर्माण गरेको छ । तीज गीतले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने गायिका पारु खड्काले विश्वास व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतवार ११:१६