
काठमाडौं । कोरोना महामारीका कारण रोकिएको ‘ह्वाइट हाउस एसइई प्रिन्सेज २०२०’ प्रतियोगिताका लागि आयोजक संस्थाले आवेदन खुला गरेको छ । लकडाउनका कारण रोकिएको ‘ह्वाइट हाउस एसइई प्रिन्सेज’ प्रतियोगिताको आवेदन खुला गरिएको आयोजक सिजन मिडियाले जनाएको छ ।
विद्यार्थीहरुले एसइईको परिक्षा दिन नपाएपछि १० वर्षदेखि निरन्तर गर्दै आएको प्रतियोगिता लकडाउनका कारण केही समय रोकिएको सिजन मिडिया प्रवन्ध निर्देशक प्रदिपराज वन्तले जानकारी दिए । सरकारले लकडाउन केही खुकुलो पार्ने निर्णय गरेसँगै स्थगित गरिएको प्रतियोगिताको आवेदन फारम फेरी खुला गरिएको प्रवन्ध निर्देशक वन्तले जानकारी दिए ।
यसै वर्ष कक्षा १० को परिक्षा दिएर वसेका छात्राहरुको सहभागिता रहने प्रतियोगितामा कोरोना संक्रमणबाट सुरक्षित रहेर तालिमको आयोजनासँगै सम्पूर्ण प्रतियोगीहरुको कोरोना विमासमेत गरिने पनि प्रवन्ध निर्देशक वन्तले जानकारी दिए । प्रतियोगितामा व्राण्ड प्रायोजकमा हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज रहेको छ भने मुख्य प्रायोजकमा नामी कलेज रहेको छ ।
साथै क्याम्पीयन एकाडमी, साउथ वोइस्ट्रन स्टेट कलेज, रेडन कलेजको पनि सहयोग रहने आयोजकले जनाएको छ । प्रतियागिताका लागि २०७७ भाद्र १३ गतेसम्म सिजन मिडियाको कार्यालयमा उपस्थित भएर आवेदन फारम भर्न सक्ने आयोजकले जनाएको छ । २५ जना प्रतियोगीहरु छनौट हुन प्रतियोगितामा काठमाडौं तथा उपत्यका वाहिरका विभिन्न स्कुलहरुबाट एसइई परिक्षा दिएका छात्राहरुले आवेदन फारम भर्न सक्न सिजन मिडियाले जनाएको छ ।

प्रतियोगीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर, नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको मार्ग निर्देशन दिँदै समाज उपयोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने उद्देश्यका साथै उनीहरुको उच्च शिक्षा अध्ययन र मोडलिङ तथा मनोरन्जनात्मक क्षेत्रममा सहयोग पुर्याउने र उज्ज्वल भविष्यको निर्माणमा सहयोग पुर्याउन प्रतियोगितालाई निरन्तरता दिन लागिएकोे प्रवन्ध निर्देशक वन्तले बताए ।
छनौट भएका प्रतियोगीहरुलाई २०७७ साल भाद्र १५ गते आइतवारबाट ३१ दिनसम्मकोे प्रशिक्षण दिइनेछ । प्रशिक्षणको क्रममा मोडलिङ ¥याम्प सो, शारारिक फिटनेश, फोटो सेसन, कलेज भ्रमण, टेवल म्यानर, फोटोग्राफी शिक्षा, सोसल मिडियाको प्रयोग लगायत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु र व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्ने आयोजकले जनाएको छ ।
प्रवन्ध निर्देशक वन्तका अनुसार असोज दोस्रो साता प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले ‘ह्वाइट हाउस एसइई प्रिन्सेज २०२० को ताज उपाधिसहित उच्च शिक्षामा २ लाख बरावरको छात्रवृत्ति ल्यापटप, मोवाइल फोन, म्यूजिक भिडियोमा खेल्ने अवसर पाउनुका साथै साथै अन्य गिफ्टहयाम्पर पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा २ लाख वरावरको छात्रवृत्ति साथै विभिन्न उपहारहरु पाउने छन् भने अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिने आयोजक सिजन मिडियाले जनाएको छ ।

सत्यपाटी ।