सूचनाको शक्ति - The Power Of Information

        

भीरबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु

बझाङ्ग । घाँस काट्ने क्रममा भीरबाट खसेको ढुंगा लागेर बझाङ्गमा एक महिलाको मृत्यु भएको छ । मष्टा गाउँपालिका–६ कमिडिखानाकी ३१ बर्षिया चन्द्रिकादेवी बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल बझाङले जनाएको छ ।

अनापारि भन्ने ठाउँमा शुक्रबार विहानै साथीहरुसँग घाँस काट्न गएकी बोहोरा घाँस काट्दै एक्कासी भीरबाट खसेको ढुंगा टाउकोमा लागेपछि घटनास्थलमै मृत्यु भएको उनीसँगै घाँस काट्न गएकी सिता बोहोराले बताइन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार ०७:०६