सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुग्यो

काठमाडौं । नेपालमा बिहिबार १४७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण देखिएको बताएका छन् ।

तीन हजार ८८१ जनाको पीसीआर परीक्षण गर्दा १४७ जनामा कोरोना देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १८ हजार २४१ पुगेको छ । जसमध्ये १२ हजार ८४० जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १५६ जना निको भएर घर फर्किएका डा गौतमले बताए । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट ४३ जनाको मृत्यु भएको छ । यस्तै २० हजार ९८ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार १७:०५