
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ । सिँचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय हेटौंडाले जनाएको छ ।
सबइञ्जिनीयर जैसवाललाई वडा नं ४ कलैया बजारमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरिएको हो । नदीको तटबन्ध जाली लगाउने काम सम्पन्न भएपछि रकम भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग अवैध रकम मागेको भन्ने विशेष उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको बुझिएको छ ।
सत्यपाटी ।