सूचनाको शक्ति - The Power Of Information

        

‘दुई तिहाइ’ सरकारलाई धिक्कार्दै उपमेयरले दिइन् राजीनामा !

उदयपुर । बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीले यसबारे जानकारी गराएकी हुन् । फेसबुकमा उनले लेखेकी छन् ‘म उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु ।’

कालो कर्तुतहरुको विषयमा कार्यान्वयन नभएको र दुई तिहाइको सरकार धिक्कारेको उनले बताएकी छन् । कर्मचारीको विषयमा विवाद भएकाले उपमेयर चौधरीको उत्तेजनात्मक प्रतिक्रिया आएको स्थानीयले बताएका छन् । चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएकी थिइन् ।

https://www.facebook.com/chaudhary.rajkumari.9/posts/587028812199723

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार १५:२३