सूचनाको शक्ति - The Power Of Information

        

गृह मन्त्रालयका २६ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको समेत सरुवा भएको छ । गृहका सहसचिव शर्माको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा भएको छ ।

त्यस्तै, गृहका सहसचिव मदन भुजेलको आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश हेटौँडा सरुवा भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीको रक्षा मन्त्रायलयमा सरुवा भएको छ । यसैगरी गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेलको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

गण्डकी प्रदेशका प्रदेश सचिव किरणराज शर्माको सञ्चार तथा सूचना प्रविधि मन्त्रायलयमा सरुवा भएको छ । बागमती प्रदेशका सहसचिव विनोदप्रकाश सिंहको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । बागमती प्रदेशका सहसचिव मुकुन्दप्रसाद पौड्यालको राष्ट्रिय सूचना आयोगमा सरुवा गरिएको छ ।

कृषि तथा पशुपन्क्षि विकास मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशमा सरुवा गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव लोकनाथ पौड्यालको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सरुवा गरिएको छ ।

राष्ट्रिय सूचना आयोगका सहसचिव दिनु बद्धाचार्य कुँवरको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश बस्नेतको गृह मन्त्रालयमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको भरतपुर महानगरपालिका चितवनमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव नमराज घिमिरेको हेटौंडा उपमहानगरपालिका मकवानपुर सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रमेश ढकालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव आनन्द काफ्लेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विपीन आचार्यको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव इन्द्रदेव यादवको गृह मन्त्रालय सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव हेमराज तामाङको गृह मन्त्रालय सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव अनिता निरौलाको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रिकम श्रेष्ठको सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रामकुमार महतोको गृह मन्त्रालयमा सरुवा भएको छ ।

हेटौंडा उपमहानगरपालिका मकवानपुरका सहसचिव राजेश पौडेलको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । जितपुर सिमरा उपमहानगरपालिका बाराका सहसचिव प्रदीपराज अधिकारीको उद्यो, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।

गृह मन्त्रालयका सहसचिव धुव्रकुमार पोखरेलको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ । गृह मन्त्रालयका सहसचिव बद्रीनाथ अधिकारीको राष्ट्रिपतिको कार्यालय र गृहकै सहसचिव जगन्नाथ पन्तको धनगढी उपमहानगरपालिका, कैलालीमा सरुवा भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार ११:००