सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका तीन जनामा कोरोना ‘पोजिटिभ’

बाँके । धनगढीबाट आएर १२ दिनसम्म घरमा बसेकी महिलामा कोरोना देखिएको छ । बाहिरबाट आएकाले शंका लागेर जाँच्दा नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदो निवासी २६ वर्षीया महिलामा कोरोना देखिएको हो ।

घरमा बसेकी महिलामा कोरोना देखिएपछि उनका परिवारको स्वाव लिने तयारी भएको छ । पोजिटिभको सम्पर्कमा आएका व्यक्तिको ५ देखि १० दिनको बीचमा परीक्षण गर्ने गरिएको कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बुधबार बाँकेमा अरु दुई जनामा पनि कोरोना देखिएको छ।राप्तीसोनारी गाउँपालिका–२ र ८ का एक महिला र एक पुरुषमा कोरोना देखिएको हो । बाँकेमा हिजो पनि तीन जना थपिएका थिए । योसँगै बाँकेमा संक्रमितको संख्या ३९६ पुगेको छ ।

भेरी अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणमा बर्दिया र सल्यानका दुई/दुई जनामा पनि कोरोना देखिएको छ । सल्यानको बानपा र घर्तिगाउँ तथा बर्दियाको गेरुवाका दुई/दुई जनामा कोरोना देखिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १६:५९