विप्लवका कार्यकर्ता भन्दै धम्क्याएर बलात्कार गर्ने पक्राउ
सत्यपाटी ।
दाङ । आफूलाई विप्लव समूहको कार्यकर्ता भनी त्रास देखाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । तुलसीपुर ८ का ४४ वर्षीय नारायण वलीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
आइतबार राति साढे ९ बजेतिर तुलसीपुर ४ रक्षाचौरमा डेरी गरी बस्ने २८ वर्षीय महिलालाई वलीले करणी गरेका इप्रका तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षण चक्र डम्बरपालले जानकारी दिए । वलीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सत्यपाटी ।